आइफोन एट प्लसको ब्याट्री फुल्न थालेपछि एप्पललाई पर्यो यस्तो आपत

एप्पलको नयाँ आइफोन एट प्लसको ब्याट्री फुलेको अर्को घटना चीनमा सार्वजनिक भएको छ । चिनिया मिडियाहरुले आइफोन एट प्लसको ब्याट्री फुलेको समाचार तस्वीरसहित प्रकाशित गरेका छन् । यसअघि ताइवान र जापानमा पनि आइफोन एट प्लसको ब्याट्री फुलेको र ब्याट्री फुल्दा फोनको बाहिरी खोल नै उप्पिएका समाचार आएका थिए । गत बिहिबार चीनको एक वेबसाइट द पेपर डट सिएनले एक आइफोन ग्राहक लि यू लाई उधृत गर्दै एक तस्वीर पोष्ट गरेको छ । जसमा ५ अक्टोबरमा खरीद गरेको उक्त नयाँ आइफोन एट प्लसको ब्याट्री फुलेर बाहिरी खोल उप्किएको देखाइएको छ ।…

Read More