ट्युटरको स्टाटसमा अब २४० शब्दहरू लेख्न पाइने भयो

एजेन्सी : ट्युटरले अाफ्ना प्रयोगकर्ताहरूलाइ अब थप सुबिधा दिने भएको छ । यस कम्पनीले दिदै अाएको स्टाटस लेखन प्रकृयामा सिमिततालाइ परिवर्तन गरेको छ । विश्व भरि चर्चित रहेको यस कम्पनीले अब प्रयोगकर्ताहरूले स्टाटसमा १२० शब्दहरू भन्दा बढीमा बिचारहरू ब्यक्त गर्न सक्ने बताएको छ ।

अाफना परिवार, मित्र जन र अरू व्यक्तिहरूसँग लगाताररूपमा सम्पर्क बनाइ राख्ने एउटा सशक्त माध्यम ट्युटर पनि हो । फेसबुक जस्तै प्रचलित रहेको सामाजिक संजाल मध्ये ट्युटर पनि एक हो । तर ट्युटरमा फेसबुक जस्तै धेरै शब्दहरूमा स्टाटस लेख्न सकिदैन । १२० शब्दहरूमा मात्र अाफ्नो कुरा ब्यक्त गर्नु पर्ने हुन्छ । तर अब, ट्युटरमा पनि धेरै शब्दहरू त होइन । तर २४० शब्दहरू स्टाटसमा लेख्न सकिन्छ । ट्युटर प्रयोगकर्ताहरूका गुनासोहरू र बिचारहरूलाइ मध्यनजर तथा गहिरो अध्ययन गर्दै यस कम्पनिले १२० शब्दहरूको सट्टा अब ट्युटर स्टाटसमा प्रयोगकर्ताहरूले २४० शब्दहरू लेख्न सक्ने तयारी तिब्ररूपमा अगाडी बढाइरहेको समाचार प्राप्त भएको छ ।

ट्युटरको स्टाटसमा लेखिने १२० शब्दहरूको सिमिततालाइ बढाएर अब २४० बनाउने प्रकृयामा ट्युटर कम्पनी जुटेको छ । यसको लागि यो कम्पनीले  यो तथ्यमाथी  तिब्ररूपमा परिक्षण गर्दै अाइरहेको जनाएको छ । यस कम्पनीले अबको केही समयभित्रनै यो सेवा सुबिधा अाफ्ना प्रयोगकर्ताहरूलाइ दिने तयारीमा जुटेको छ ।

Please follow and like us:
0

Related posts

Leave a Comment