लाैकाको रस पिउनु शरिरको लागि फाइदाजक, बिभिन्न रोगबाट बचाै

एजेन्सी । स्वास्थ्य नै धन हो भन्ने कुरा हामीलाइ थाहा छ । स्वास्थ्य राम्रो नभइ हामीले कुनै पनि काम राम्ररी गर्न सक्दैनाै । हरेक कामलाइ प्रभावकारी ढगले गर्नको लागि स्वास्थ्य राम्रो हुनु जरूरी हुन्छ ।

प्राय गरेर हामीकहाँ विहानै उठेपछि चिया र कफि पिउने बानी छ । यो परम्परा पहिलेदेखि नै चलिआएको परम्परा हो । के यसलाई परिवर्तन गर्ने कुरा कहिल्यै सोचेका छौँ ?बिहानै उठेर चिया वा कफिको ठाउँमा लौकाको रस पिउँदा स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । लौकाको फिक्का स्वादले गर्दा नराम्रो लाग्ला तर, फाइदा थाहा पाएपछि अस्वीकार गर्न गाह्रो हुन्छ ।

१) शक्तिको लागि
यदि तपाई विहानै उठेर काम गर्नुहुन्छ भने लौकाको रस पिउनुस् यो धेरै फाइदाजनक छ । यसमा कार्बोहाईड्रेट पाईन्छ जसले मांसपेशीहरुको काम गर्ने क्षमता बढाउछ ।

२) युरिन ईन्फेक्सनमा फाइदा
यदि तपाईलाई युरिन डिस्चार्ज गर्ने बेला जलन वा दुख्ने महसुस हुन्छ भने लौकाको रस पिउनुस यो फाइदाजनक छ । युरिनमा एसिडको मात्रा बढी हुनाले जलन वा दुख्ने हुन्छ, जब लौकाको रस पिउने गरिन्छ यसले अम्लियतालाई कम गर्छ र जसले जलन वा दुख्ने समस्यालाई पनि कम गर्छ ।

३) शरिरभित्रको फोहोरलाई सफा गर्ने
खाली पेट लौकाको रस पिउनाले तागत र शक्ति प्राप्त हुन्छ । लौकाको रसमा ९८ प्रतिशत पानी र बाँकी एन्टी एक्सीडेन्ट्स हुन्छ, जो शरिरभित्रको टक्सिनलाई बाहिर निकाल्छ र जसले गर्दा भित्री शरिरको फोहोर सफा हुन्छ ।

४) वजन घटाउनमा मद्दत
लौकाको रसमा क्यालोरी र चिल्लो बराबर हुँदैन जसमा हुने फाइबरले भोकलाई कम गर्छ जसले गर्दा मोटाउने सम्भावना कम हुन्छ ।

५) कब्जियतको बिरामीको लागि फाइदाजनक
यदि कब्जियतको बिरामीले दैनिक बिहानै उठेर लौकाको रस पिउछ भने लौकाको रसमा पाईने फाइबरले पाचन प्रक्रियालाई दुरुस्त बनाउँछ ।

Please follow and like us:
0

Related posts

Leave a Comment